images
images

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

  • १७ पुष २०७९, आईतवार ०६:२४

काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।

नयाँ वर्षको अवसरमा विश्वभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भईरहेका छन् । सन् २०२२ लाई विदाई गर्दै एकआपसमा शुभकामना दिएर तथा विभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाइँदैछ । नेपालमा पनि आपसमा शुभकामना आदान प्रदान गरि खुसियाली साथ नयाँ वर्षको स्वागत गरिँदैछ । हरेक वर्ष जनवरी पहिलो तारेखका दिन ईसवी संवत सुरु हुने गर्दछ । यो संवत प्रचलनमा रहेका देशमा धुमधामका साथ नयाँ वर्ष मनाईँदैछ । नेपालमा पनि केही वर्षदेखि अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रमका साथ मनाईने गरिएको छ । सन् २०२२ को विदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरीएको छ ।