images
images

सेयर बजारको कारोबार ४ अर्ब नाघ्यो, नेप्से सूचक १७ अंकले वृद्धि

  • १७ पुष २०७९, आईतवार १५:४९

काठमाडौं । सेयर बजारमा आज उच्च कारोबार भएको छ ।

साताको पहिलो दिन नेप्से सूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेप्से सूचक भने २०४६ दशमलव २९ विन्दुमा उक्लिएको छ । गत साता १६१ अंकमाथिले नेप्से बढ्दै २०२९ विन्दुमा अडिएको थियो । आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहबाहेक १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।

आज सबैभन्दा बढी नबिल बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ माथिको ८५४ कित्ता सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनी ९एनटीसी० को १९ करोड ८८ लाख रुपैयाँ बराबरको र हिमालय डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिर्जनशील लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।