images
images

कालिञ्चोकमा दर्शनार्थी लिएर आएको स्कारपियो दुर्घटना, २ जना घाइते

  • १७ पुष २०७९, आईतवार १७:०८

दोलखा । दोलखाको धार्मिक एवम् पयर्टकीय क्षेत्र कालिञ्चोक दर्शन गरी चरिकोट फर्कदै गरेको स्कारपियो दुर्घटना परी दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी भारतको मधुवनी विहारका २७ वर्षिय महमद अल्तमस र सोही स्थानका ४५ वर्षिय बसि अख्तर घाईते भएका हुन् । कालिञ्चोक दर्शन गरी चरिकोट फर्कँदै गरेको डिआर ३० पि ७२१४ नम्बरको स्कारपियो आज दिउँसो ३ बजे भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित लाटोखोरीयामा दुर्घटना भएको दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादवले जानकारी दिननुभयो ।

दुर्घटनामा परी घाईते भएका दुवै जनाको चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाईतेको टाउको र मुखमा चोट लागेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । स्कारपियोमा १० जना रहेको अन्य ८ जना सकुशल छन् । स्कारपियोमा सवार सवै भारतीय नागरिक हुन् । स्कारपियो आफैं अनियन्त्रित भएर सडकको भित्तामा रहेको जालीमा ठोक्किएको थियो ।