images
images

मन्त्रीपरिषद्को बैठकमा दिईने महँगो खाजा कटौती, बार्षिक करिब ६० लाख जोगिने

  • १६ पुष २०८०, सोमबार १२:५६

काठमाडौँ । सुशासन र सुधारमा स–सनामा विषय पनि महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको छ ।

सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाईने भन्दै प्रधानमन्त्रीले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्को बैठकका बेला दिने गरिएको महँगो खाजा कटौती गर्नुभएको हो । सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले आजदेखि लागू हुनेगरी खाजा कटौतिको निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अब बैठक लामो समय बस्नु परे चिया बिस्कुट मात्र दिईनेछ ।

बैठकको खाजा कटौती गरिएको खाजावापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेकोमा मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरिएको थियो । सरकारी कार्यशैली बदल्ने घोषणा गर्नुभएका प्रधानमन्त्री प्रचण्ड सार्वजनिक बिदाका दिनबाहेक दैनिक १० बजे सिंहदरवजार स्थित कार्यालय पुग्ने गर्नुभएको छ । सुशासन र सुधारका कार्यलाई अगाडि बढाईने प्रचण्डको भनाई छ ।