
हेटौँडा । दोलखा दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
प्रतियोगिता अन्र्तगत आज भएको सेमिफाईनल खेलमा सिन्धुलीलाई पराजित गर्दै दोलखाको टाईगर टिम तिखातलले फाईनलमा स्थान बनाएको हो । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशलामा आज भएको पहिलो सेमिफाईनल खेलमा दोलखाले सिन्धुलीको ब्लु अल्पाईन क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको म्यान अफ द म्याच दोलखाका उत्तम खत्री बनेका छन् । दोलखाले अब उपाधीका लागि ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लवबीचको विजेतासँग खेल्नेछ । ती दुई टिमबीचको खेल भोली हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधीसँगै नगद २ लाख पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।