images
images

सोनाम ल्होसारमा स्थानीय सरकारको विदाः शैलुङमा तीन र वैतेस्वरमा दुई दिन सेवा बन्द हुने

  • १८ माघ २०७८, मंगलवार १६:२१

दोलखा । दोलखाका स्थानीय सरकार चाडपर्वमा विदा दिन प्रतिश्पर्धामा उत्रिएका छन् ।

संघीय सरकार र प्रदेश सरकारले दशैंतिहार वाहेक अन्य चाडपर्वमा एक दिन विदा दिने गरेपनि स्थानीय सरकारले दुईदेखि तीनदिनसम्म विदा दिएका हुन् । स्थानीय सरकारले चाडपर्वमा सार्वजनिक विदा दिन प्रतिश्पर्धा गर्न थालेपछि सरकारी तथा गैर सरकारी संस्था र शिक्षण संस्थाहरुको वार्षिक विदाको दिन बढ्न थालेको छ । दशैं तिहारमा हुने राष्ट्रिय विदाका अलावा ल्होसार, उभौली, उद्यौली, भूमे पूजा लगायतका पर्वमा एकदेखि तीन दिनसम्म विदा दिन थालिएपछि वार्षिक चाडपर्वमा हुने विदामा कम्तिमा १० दिन विदा थप हुने भएको छ । सार्वजनिक विदाका अलावा, चाडपर्व विदा थपिदै जाने र बन्द, हड्ताल तथा कोरोना महामारीका कारण पनि सरकारी सेवा र शिक्षण संस्था बन्द हुँदा सेवाग्राहीलाई सहज सेवा लिन कठिन हुन थालेको छ ।

दोलखाका स्थानीय सरकार चाडपर्वमा विदा दिन प्रतिश्पर्धामा उत्रिएका छन् । संघीय सरकार र प्रदेश सरकारले दशैंतिहार वाहेक अन्य चाडपर्वमा एक दिन विदा दिने गरेपनि स्थानीय सरकारले दुईदेखि तीनदिनसम्म विदा दिएका हुन् । स्थानीय सरकारले चाडपर्वमा सार्वजनिक विदा दिन प्रतिश्पर्धा गर्न थालेपछि सरकारी तथा गैर सरकारी संस्था र शिक्षण संस्थाहरुको वार्षिक विदाको दिन बढ्न थालेको छ ।

तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा संघीय सरकार र बागमती प्रदेश सरकारले भोली एक दिन सार्वजनिक विदादिने निर्णय गरेपनि दोलखाका दुई वटा स्थानीय सरकारले दुईदेखि तीनदिनसम्म विदाको घोषणा गरेका छन् । यसरी विदा घोषणा गर्नेमा शैलुङ गाउँपालिका पहिलो नम्बरमा देखिएको छ । सोनाम ल्होसारको अवसरमा गत आर्थिक बर्ष दुई दिन र अघिल्लो आर्थिक बर्ष एकदिन सार्वजनिक विदा दिएको शैलुङ गाउँपालिकाले चालु बर्ष माघ १९, २० र २१ गतेगरी तीनदिन विदा दिने निर्णय गरेको हो । शैलुङ गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि लगातार तीन बर्षदेखि सोनाम ल्होसारमा विदा दिन थालिएको हो । गाउँपालिकामा तमाङ समुदायको बाहुल्यता रहेकाले सोनाम ल्होछार पर्वको अवसरमा तीनदिन विदादिने निर्णय गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । शैलुङमा लगातार तीनदिनसम्म गाउँपालिका, वडापालिका र शिक्षण संस्थाहरु बन्द हुने छन् ।

दोलखाको वैतेश्वर गाउँपालिकाले पनि पालिकामा तामाङ समुदायको बाहुल्यता रहेको भन्दै सोनाम ल्होसार पर्वको अवसरमा माघ १९ र २० गते दुई दिन सार्वजनिक विदादिने निर्णय गरेको छ । पालिकाले सार्वजनिक सूचना जारी गरी सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक विदादिने र सो अवधिमा गाउँपालिका, वडापालिका, शिक्षण संस्थाहरु बन्द हुने जनाएको छ । वैतेस्वर गाउँपालिकाका अध्यक्ष छवि लामा स्वयँ तामाङ समुदायवाट निर्वाचित जनप्रतिनिधि हुन् । जिल्लाको दुई स्थानीय तहले दुईदेखि तीनदिनसम्म सार्वजनिक विदादिने निर्णय गरेपनि अन्य स्थानीय तहले भने नेपाल सरकारको निर्णय बाहेक थप बिदा दिएका छैनन् । दोलखामा तामाङ, शेर्पा, थामी, गुरुङ, मगर, जिरेल, सुरेल, सुनुवार, माझि लगायतका जनजातिहरुको बसोबास रहेको छ । यी समुदायले छुट्टाछुट्टै समयमा आफ्नो पर्व मनाउने गरेका छन् ।