images
images

मूर्ति चोरीको अभियोगमा कैद सँजाय तोकिएका रामेछापका एक पुरुष पाँच बर्षपछि पक्राउ

  • १८ माघ २०७८, मंगलवार १७:११

रामेछाप । चोरी मुद्धामा फरार रहेका रामेछापका एक पुरुष ५ वर्ष पछि ललितपुरबाट प्रक्राउ परेका छन् ।

प्रहरीले रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ४ पासिवान घर भई हाल ललितपुरको ईमाडोल बस्दै आएका ५८ वर्षीय मान बहादुर मगरलाई प्रक्राउ गरेको हो । जिल्ला अदालत ललितपुरको २०७४ साल बैशाख २५ गतेको आदेशले पुरात्वातिक मुर्ति चोरी मुद्धामा २ बर्ष कैद सजाय तोकिएका मगरलाई महाशाखाबाट खटिएको प्रहरी टोलिले ईमाडोलबाट पक्राउ गरेको हो । प्रक्राउ परेमा मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।