images
images

बेचबिखनमा परेका दुई महिलाको उद्धार, ओखलढुंगाका एक सहित चार जना पक्राउ

  • १९ माघ २०८१, शनिबार १५:१२

काठमाडौँ । मानव वेचबिखन गरेको आरोपमा ओखलढुंगाका एक सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट दुई महिलाको उद्धार गर्दै चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगाको दियाले गाउँपालिका–५ का ३३ वर्षीय दीपेश राई, बाराको जितपुर सिमरा उपमहानगरपालिका १४ की ३८ वर्षीया मीराकुमारी महतो, महोत्तरीकी ३२ वर्षीया सुक्रान्ती चौधरी र एक भारतीय नागरिक रहेका छन् ।

उनीहरुलाई मानव बेचबिखनमा संलग्न रहेको आरोपमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिम कसुरमा अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सूचना अधिकारी सुवास भट्टले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका–१६ भन्सार नजिक सञ्चालित एक होटलबाट प्रहरीले दुई महिलाको उद्धार पनि गरेको छ । उनीहरुलाई बेचबिखन गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले सोही होटलबाट चार जनालाई पक्राउ गरेको हो ।