
काठमाडौँ । लगातार तेस्रो पटक भारतीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ बजेट ल्याएका छन् ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आज लोकसभामा सन् २०२५ को बजेट पेश गरेकी हुन् । बजेटमा यसअघिको कर प्रणालीमा सुधार गर्दै १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणालीको व्यवस्था गरिएको छ । बजेटमार्फत ल्याईएको यो व्यवस्थालाई अर्थविदहरुले पछिल्लो एक दशकमा गरिएको सबैभन्दा ठुलो सुधारको रुपमा व्याख्या गरेका छन् ।
यसैबीच, भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको हो । भारतीय अर्थमन्त्री निर्मला सितारमणले आज संसदमा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपालाई गत वर्ष बराबर नै भारु ७ अर्व (करिव सवा ११ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो ।
भारतले छिमेकी मुलुकमध्य सबैभन्दा बढि भुटानलाई २ हजार १ सय ५० करोड भारु अनुदान दिने भएको छ ।