काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।
चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य सिटौलाको उपचारका क्रममा निधन भएको हो । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः ४५ बजे निधन भएको जानकारी दिएको छ । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो ।
सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (रास्वपा) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।
बेहोस भएका सिटौलालाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड हेमरेज भएको थियो । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।











