images
images

राष्ट्रपति भण्डारी दोलखा आउने, भीमेस्वरमा रुद्री पूजा र टुकी किसानसँग अन्तरक्रिया गर्ने

दोलखा । राष्ट्रपति बिद्यादेवी भण्डारी दोलखा आउनु हुने भएको छ ।

राष्ट्रपति भण्डारी टुकी किसानसँगको अन्तरक्रिया र प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि दोलखा आउन लाग्नुभएको हो । राष्ट्रपति भण्डारी भोली दोलखा आउनु हुनेछ । उहाँ भोली विहान ११ बजे सैनिक हेलिकोप्टर मार्फत दोलखा आउने कार्यक्रम छ । सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिए लगत्तै राष्ट्रपति भण्डारी प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि ऐतिहासिक सहर दोलखा पुग्नु हुनेछ । नयाँ राष्ट्रपति चयन हुनुभन्दा एक साताअघि राष्ट्रपति भण्डारी दोलखा आएर दोलखा भीमेस्वरको दर्शन गर्न लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले राष्ट्र प्रमुखको हैसियतले भीमेस्वर मन्दिरमा रुद्री पूजा र संकल्प गर्ने कार्यक्रम तय भएको छ । भीमेस्वर मन्दिर प्रवेश गर्नुअघि राष्ट्रपतिलाई मंगल धुन, सगुन बाजागाजा र पञ्चकन्यासहित भीमेस्वर गुठीकोतर्फवाट स्वागत गरिने भीमेस्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । यसअघि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि २०६७ साल असोज १ गते भीमेस्वर मन्दिरको दर्शन गर्नुभएको थियो । प्रथम राष्ट्रपति यादवले सामान्यरुपमा भीमेस्वरको दर्शन गरेपनि बर्तमान राष्ट्रपति भण्डारीले भने रुद्री पूजा र संकल्पसहितको विशेष पूजा गर्न लाग्नु भएको हो ।

राष्ट्रपति भण्डारी टुकी किसानसँगको अन्तरक्रिया र प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि दोलखा आउन लाग्नुभएको हो । राष्ट्रपति भण्डारी भोली दोलखा आउनु हुनेछ । उहाँ भोली विहान ११ बजे सैनिक हेलिकोप्टर मार्फत दोलखा आउने कार्यक्रम छ । सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको तारादल गणमा उत्रिए लगत्तै राष्ट्रपति भण्डारी प्रसिद्ध दोलखा भीमेस्वर मन्दिर दर्शनकालागि ऐतिहासिक सहर दोलखा पुग्नु हुनेछ । नयाँ राष्ट्रपति चयन हुनुभन्दा एक साताअघि राष्ट्रपति भण्डारी दोलखा आएर दोलखा भीमेस्वरको दर्शन गर्न लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले करिव आधा घण्टा भीमेस्वर मन्दिरमा पुजापाठमा बिताउने र त्यस लगत्तै चरिकोटस्थित सिमपानी हलमा ग्रामिण विकास टुकी संघले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागी हुनु हुनेछ । सो क्रममा टुकी किसान र राष्ट्रपति वीच अन्तरक्रिया हुनुका साथै ग्रामिण विकास टुकी संघले विगत ४५ बर्षमा टुकी अवधारणा अनुरुप सञ्चालन गरेका गतिविधिवाट ग्रामीण जनजीवनको परिवर्तनमा पुगेको योगदानका बारेमा भिडिओ समेत देखाईने ग्रामिण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

यसैवीच, राष्ट्रपति बिद्यादेवी भण्डारी दोलखा आउने भएपछि सदरमुकाम चरिकोटको सुरक्षा व्यवस्था कडा बनाईएको छ । बजार क्षेत्र, भीमेस्वर मन्दिर परिसर र कार्यक्रमस्थल सिमपानी क्षेत्रमा बाक्लोरुपमा सुरक्षाकर्मी खटिएका छन् । स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको र राष्ट्रपतिको सुरक्षाकालागि जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिने जानकारी दिनुभयो ।