images
images

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री थपलिया जिरीमा

  • १७ फाल्गुन २०७९, बुधबार १८:१६

जिरी (दोलखा) । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया दोलखा आउनु भएको छ ।

मन्त्री थपलिया हिजो दोलखाको पर्यटकीय नगरी जिरी आउनुभएको हो । उहाँले आज बिहान नेकपा एमाले जिरी नगरकमिटिको पार्टी कार्यालयमा नेता कार्यकताहरुसँग अन्तरक्रिया गर्नुभएको थियो भने दिउँसो जिरी नगरपालिका वडा नम्बर १ पुम्पास्थित गर्जाङढुंगा माविको ६२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसमा सहभागी हुन पुग्नु भएको थियो । साथै मन्त्री थपलियाले रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेस्थित सारदामाविको निरिक्षण समेत गर्नुभएको छ । मन्त्री थपलिया आज चरिकोट गएर भोली राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रममा सहभागी भएर प्रदेश फर्किने कार्यक्रम रहेको नेकपा एमाले जिरी नगर कमिटिका अध्यक्ष केशवकुमार कार्कीले जानकारी दिनुभयो ।

यसअघि गत महिनामा उहाँ मेलुङको पवटीमा आउनु भएको थियो । यो सँगै मन्त्री बनेपछि थपलिया दुई पटक दोलखा भ्रमणमा आउनुभएको छ ।