images
images

गोकुलगंगा च्याम्पियनसिपको उपाधी आयोजक पालिका गोकुलगंगालाई

रामेछाप । गोकुलगंगा च्याम्पियनसिप २०८१ बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधी गोकुलगंगा गाउँपालिका रामेछापले हात पारेको छ ।

गोकुलगंगा युवा सञ्जालको आयोजनामा चुचुरे–गर्जाङमा सम्पन्न ‘गोकुलगंगा च्याम्पियनशिप २०८१’ को उपाधी आयोजक पालिकाले नै हात पारेको हो । गोकुलगंगा गाउँपालिकाले १ लाख ५१ हजार १ सय ११ रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको हो ।

यस्तै, उपविजेयता बनेको लिखु गाउँपालिका रामेछापले १ लाख १ हजार १ सय ११ रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय स्थान लिन सफल भएको दोलखाको जिरी नगरपालिकाले ५१ हजार १ सय ११ रुपैंया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गोकुलगंगा युवा सञ्जालको अध्यक्ष अनुज खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरुलाई प्रमुख अतिथि नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), विशेष अतिथि गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश) लगायतले पुरस्कार वितरण गरेका थिए । खेलमा बागमती प्रदेश विभिन्न १२ टिमका खेलाडीहरुको सहभागीता थियो ।