images
images

नेपालले भन्यो–मध्यपूर्वको तनाव कुटनीति र संवादबाट समाधान गरौं

  • १७ फाल्गुन २०८२, आईतवार १५:०५

भक्तपुर । नेपालले मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै कूटनीति र संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेको हो।‘नेपालले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, थप तनाव नबढाउन र सर्वसाधारण नागरिकहरूको सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेको छ ।

नेपाल सरकारले मध्यपूर्वमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको पनि बताएको छ । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ चार्टर र अन्तराष्ट्रिय कानुन अनुसार राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ ।

दूतावाससँग सम्पर्कमा रहन आग्रह

शनिबार संयुक्त राज्य अमेरिका र इजराइलले इरानमा हमला गर्दा सर्वोच्च नेता आया तोल्लाह अली खामेनीको मृत्यु भएको छ । जबाफमा इरानले खाडी र मध्यपूर्वी देशहरूमा अमेरिकी सेनाको सैन्य अखडालाई लक्ष्य गरेर मिसाइल र ड्रोन हमला गरिरहेको छ । साउदी अरब, कतार, युएई, लगायतका देशहरूमा इरानले हमला गरिरहेको हो ।

यी देशहरूमा ठूलो संख्यामा नेपाली कामदारहरू कार्यरत रहकाले नेपालले सुरक्षित रहन र दूतावाससँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ ।