images
images

भुमि आयोगमा नियुक्तिः दोलखामा मगर, रामेछापमा लामा

  • १८ चैत्र २०७८, शुक्रबार ०६:५३

काठमाडौं । सरकारले दोलखा सहित थप ४३ जिल्लामा राष्ट्रिय भुमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले भुमि आयोग दोलखाको अध्यक्षमा सुस्पा क्षमावतीका ललित बहादुर मगरलाई नियुक्त गरेको हो । यस्तै सिन्धुपाल्चोकको राष्ट्रिय भु्मि आयोगको अध्यक्षमा चौतारा साँगाचोकगढी नगरपालिकाका झम्क प्रसाद पराजुली नियुक्त भएका छन् भने रामेछापबाट भुमि आयोगको अध्यक्षमा गौतम कुमार लामा नियुक्त भएका छन् । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमिा राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

यसअघि गत पुस २१ गते बसेको मन्त्रिपरिषद बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गरेको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त हुन बाँकी छ ।