images
images

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

  • १८ चैत्र २०७८, शुक्रबार १४:३८

जिरी (दोलखा) । जिल्ला प्रशासन कार्यालय दोलखाले इजाजतप्राप्त हतियारहरु बुझाउन आग्रह गरेको छ ।

प्रशासनले भरपर्दाे र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि जिल्लाभित्र रहेका इजाजतप्राप्त हतियारहरु बुझाउन आग्रह गरेको हो । वैशाख ३० मा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले आज सुचना जारी गर्दै चैत ३० गतेभित्र आफ्नो पायक पर्ने नजिकको प्रहरी इकाईमा हातहतियार बुझाउन भनेको छ।

यो अवधिमा बुझाइएको हातहतियारहरु सुक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाईनै फिर्ता गरिने प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी औलाख बहादुर आलेले जानकारी दिनुभयो ।