images
images

यातायात कार्यालयको छड्के, १२ वटा सवारी साधन कारवाहीमा

  • १८ चैत्र २०७८, शुक्रबार १९:५०

दोलखा । दोलखामा आज १२ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

यातायाता व्यवस्था विभाग एकान्त कुना ललितपुरबाट अनुगमनमा आएको टोलीले जिल्लामा सवारी नियम उल्लंघन गर्ने १२ वटा सवारीका साधनलाई आज कारबाही गरेको हो । यातायात व्यवस्था विभागकी उपसचिव बिनिता भण्डारीको नेतृत्वमा आज जिल्ला आएको टोलीले अनुगमन गर्ने क्रममा जिल्लाको अनाथलय क्षेत्रमा चालक अनुमतिपत्र विना सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी चलाउने, सवारी साधन नवीकरण नगर्ने साना तथा ठुला सवारीका साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रहरी सहायक निरीक्षक असई विष्णु सुवेदीले जानकारी दिनुभयो । कारवाहीमा पर्नेमा ७ वटा कार, ३ वटा ट्रिपर र २ वटा ट्रक रहेका छन् । ती सवारी साधनलाई नियन्त्रणमा लिएर केन्द्रमा लैजाने तयारी भइरहेको ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।