images
images

प्लानिङको ढिस्कोमा पुरिएर काभ्रेपलाञ्चोकका २ पुरुषको मृत्यु

  • १८ चैत्र २०७८, शुक्रबार २१:०२

भक्तपुर । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर काभ्रेपलाञ्चोकका दुई पुरुषको मृत्यु भएको छ ।

चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने काभ्रेका २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रे चौरी देउराली गाउँपालिका ३ का ५० वर्षीय वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका ९ का ३२ वर्षीय चतुरमान तामाङ रहेको भक्तपुर प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।