images
images

गैरीमुदीको थापा गाउँ र बस्नेत गाउँको सिंगो बस्ती माओवादी केन्द्रमा प्रवेश (फोटो फिचर सहित)

  • १८ चैत्र २०७८, शुक्रबार २१:५२

बैतेश्वर (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ गौरीमुदीस्थित थापा गाउँ र बस्नेत गाउँको सिंगो बस्ती नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

थापा गाउँ र बस्नेत गाउँका ७२ घरधुरीका ८५ जना स्थानीय नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्नेमा नेकपा एमाले र अन्य दलका केही कार्यकर्ता समेत रहेका छन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री विशाल खड्का, माओवादी केन्द्रकी नेतृ एवम् सांसद हिमाली गोले र नेकपा माओवादी केन्द्रका नेता नरबहादुर पाख्रिनले पार्टीमा प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा थापा र बस्नेत गाउँका कृष्ण बहादुर थापा, २०५६ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य कृष्ण बहादुर थापा, जित बहादुर बस्नेत, खड्ग बहादुर थापा, मुना थापा, टेक बहादुर थापा, यमबहादुर थापा, यशोदा बस्नेत, कुमार बस्नेत, नारायण थापा, मिठु थापा लगायत रहेका छन् । यसैगरी, गैरीमुदीको काफ्ले टोलका उमेश काफ्ले तथा खरिस्वाराका लाल बहादुर घिमिरे लगायतका स्थानीय पनि कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रवेश गर्नेमा अधिकांश कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता रहेका छन् । कार्यक्रममा बैतेश्वर गाउँपालिका वडा नम्बर २ मुलाबारी टारका अम्बर बहादुर स्याङतान र वडा नम्बर ३ मिर्गेका खड्ग बहादुर तामाङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्याङतान नेपाली कांग्रेस र खड्ग बहादुर एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

थापा गाउँ र बस्नेत गाउँका ७२ घरधुरीका ८५ जना स्थानीय नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रवेश गर्नेमा अधिकांश कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता रहेका छन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री विशाल खड्का, माओवादी केन्द्रकी नेतृ एवम् सांसद हिमाली गोले र नेकपा माओवादी केन्द्रका नेता नरबहादुर पाख्रिनले पार्टीमा प्रवेश गराएका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रका युवा नेता एवम् मन्त्री खड्काले आगामी निर्वाचनमा भयरहित ढंगले मतदान गर्न गैरीमुदीबासीलाई आग्रह गर्नुभयो । आफुले रोजेको पार्टी र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकारको सरकारले पूर्ण रक्षा गर्ने भन्दै उहाँले निर्वाचनमा हुने गुन्डागर्दी स्वीकार्य नहुने चेतवनी दिनुभयो । कार्यक्रममा बोल्दै सांसद हिमाली गोलेले गैरीमुदीको विकासमा आफु निरन्तर लागिरहेको र आगामी दिनमा पनि पूर्वाधार विकासमा प्राथमिकता दिने बताउनुभयो । नेकपा माओवादी केन्द्र बैतेश्वर गाउँपालिका वडा नम्बर २ गैरीमुदीका वडाध्यक्ष राजु तमाङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता लक्ष्मण खड्का, भिम बहादुर तामाङ, इराज राउत लगायतले मन्तव्य व्यक्त गर्नुभएकोे थियो ।

कार्यक्रममा माओवादी केन्द्र बैतेश्वरका अध्यक्ष भिम बहादुर श्रेष्ठ, नेता शुब्बा श्रेष्ठ लगायतका नेता कार्याकर्ताहरुको उपस्थिति थियो । बैतेश्वरमा नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर चलेको छ । यसअघि बैतेश्वर ४ काब्रेको सिंगै बस्ती नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको थियो भने पछिल्लो दुई महिनायता पालिका र काठमाण्डौंमा विभिन्न समयमा भएका कार्यक्रममा पटक–पटक माओवादीमा प्रवेश हुँदै आएको छ ।