
ओखलढुंगा । ओखलढुंगामा वर्षासँगै परेको चट्यांङ लागेर एक किशोरीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
चम्पादेवि गाउँपालिका वडा नम्बर ६ भदौरेकी २० वर्षिया शर्मिला कार्कीको चट्यांङ लागेर मृत्यु भएको हो । खेतमा गहुँ काटिरहेका बेला वर्षासँगै परेको चट्यांङ लागेर कार्की गम्भिर घाईते भएकी थिइन् । गम्भिर घाईते भएकी उनको प्राथमिक स्वास्थ्य चौकी रानीवनमा उपचारका क्रममा मृत्यु भएको ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
चट्यांङ लागेर घाईते भएका स्थानीय अरुण कार्कीको अस्पतालमा उपचार भइरहेको छ ।