images
images

चोरीको ४० वटा खसी बिक्रीपछि रामेछापका तीन पुरुष प्रहरी नियन्त्रणमा

  • १८ चैत्र २०७९, शनिबार ०८:०९

भक्तपुर । भक्तपुरको विभिन्न स्थानमा खसीबोका चोरी गरेर बिक्री गर्ने रामेछापका दुई पुरुष पक्राउ परेका छन् ।

प्रहरीले खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका रामेछापका दुई पुरुष सहित मासु पसल सञ्चालकलाई पक्राउ गरेको हो । खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछापको दोरम्बा–१ घर भई हाल सूर्यविनायक बस्दै आएका २४ वर्षीय सुमन तामाङ र रामेछापको दोरम्बा–७ घर भई मध्यपुरथिमि बस्दै आएका ४० वर्षीय मिलन तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई हाल काठमाण्डौको पेप्सीकोला बस्दै आएका रामेछाप–उदयपुर मासु पसल सञ्चालक ४३ वर्षीय दिलबहादुर कार्कीलाई पनि पक्राउ गरेको छ ।

उनीहरुले काभ्रेपलाञ्चोकर र भक्तपुरको विभिन्न स्थानबाट ४० वटा खसीबोका चोरी गरेर बिक्री गरेको पाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।