images
images

काठमाडौँमा लागुऔषध सेवन गरी सवारी चलाउने दोलखाका एक पुरुष सहित ४ जना पक्राउ

  • १८ चैत्र २०७९, शनिबार १३:३८

काठमाडौँ । काठमाडौँमा लागुऔषध सेवन गरी सवारी चलाउने दोलखाका एक पुरुष सहित ४ जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको कोटेश्वर क्षेत्रमा विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी चलाएको आरोपमा दोलखाका एक सहि ४ जना चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिका ३ का २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको ट्रिपर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ४ का ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सी चालक सिन्धुलीको कमलामाई नगरपालिका ६ का २३ वर्षीय ईन्द्र बहादुर बस्नेत र बागमती प्रदेश –०३००१ ख १००४ नम्बरको लहरी चालक नुवाकोटको विदुर नगरपालिका ४ का २६ वर्षीय अर्जुन लामा रहेका छन् ।

गएराती सवारी चेक जाँचका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।