images
images

सुनको मुल्य फेरि ७ हजार ४ सय रुपैँयाले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १८ चैत्र २०८२, बुधबार ११:१२

भक्तपुर ।  सुनको मुल्य बुधबार तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार लागि सुनको मुल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । मंगलबार २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ सय रुपैयाँ बढेको छ । गत बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । मंगलबारको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा पुगेको छ ।