images
images

दोलखामा ९ पालिका प्रमुखका लागि ७२ जना प्रतिस्पर्धामा

  • १८ बैशाख २०७९, आईतवार १०:४८

जिरी (दोलखा) ।  दोलखामा ९ जना पालिका प्रमुखका लागि ७२ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ९ जना पालिका प्रमुख पदका लागि ७२ जना चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका हुन् । दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको दोलखामा ९ जना पालिका प्रमख तथा अध्यक्षका लागि ७२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसअनुसार सबै भन्दा बढी विगु गाउँपालिकामा ११ जनाले पालिका प्रमुखका लागि प्रतिपर्धा गर्देछन् भने सबै भन्दा कम जिरी नगरपालिका प्रमुखका लागि ४ जना चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

यस्तै, भिमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका र शैलुङ गाउँपालिकामा प्रमुख तथा अध्यक्ष पदका लागि ८/८ जनाले प्रतिस्पर्धा गर्नेछन् भने तामाकोशी गाउँपालिकामा ५ जनाले पालिका अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन् । दोलखामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपा लगायतका दलले स्थानीय तहमा पालिका प्रमुख तथा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । त्यसमध्य पालिका निर्वाचनका लागि ३१ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आगामी स्थानीय तह निर्वाचनका लागि प्रमुख तथा अध्यक्ष पदका लागि ३१ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ९ जना पालिका प्रमुख पदका लागि ७२ जना चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका हुन् । दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको दोलखामा ९ जना पालिका प्रमख तथा अध्यक्षका लागि ७२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसअनुसार सबै भन्दा बढी विगु गाउँपालिकामा ११ जनाले पालिका प्रमुखका लागि प्रतिपर्धा गर्देछन् भने सबै भन्दा कम जिरी नगरपालिका प्रमुखका लागि ४ जना चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

त्यसपछि कालिञ्चोक र मेलुङ गाउँपालिकामा अध्यक्ष पदका लागि १०/१० जनाले प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार बेलुकी निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो । निर्वाचन आयोगले तोकेको समयअवधिमा जिल्लामा ८४ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । स्थानीय तहको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । बैशाख ३० गते पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदका लागि निर्वाचन हुदैछ ।

संघीयतापछि पहिलो पटक स्थानीय तहमा जनप्रतनिधि निर्वाचित भएको ५ वर्ष पूरा हुन लागेकाले नयाँ जनप्रतिनिधि निर्वाचित गर्नका लागि आयोगले बैशाख ३० गते देशभरका स्थानीय तहमा निर्वाचन गर्नेगरी मिति तोकेको हो ।