images
images

सिंगो गाउँपालिकावासी गठबन्धनको पक्षमा छन्, हामी जित्छौँः गौरीशंकरका उपाध्यक्षका उम्मेदवार तमाङ

  • १८ बैशाख २०७९, आईतवार १३:०२

दोलखा । सत्ता गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार श्याम सुन्दर तमाङले सिंगो गाउँपालिका गठबन्धनको पक्षमा रहेकाले स्थानीय तह निर्वाचनमा आफुहरुको जित हुने दावी गर्नुभएको छ ।

हाम्रो रेडियाकोे कार्यक्रम स्थानिय तह निर्वाचन विशेषमा कुराकानी गर्दै गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार तमाङले गठबन्धनको पक्षमा जनलहर बढेकाले यो निर्वाचनमा जित हात पार्ने दावी गर्नुभएको हो । नेकपा एमाले नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले यो पटक जनताले आफुहरुलाई काम गर्ने अवसर दिने भन्दै वडातहदेखि पालिकासम्म गठबन्धनको पक्षमा राम्रो माहोल देखिएको बताउनुभयो । पालिकामा एमालेको अहिले माहौल राम्रोे नरहेको उहाँको भनाई छ । उपाध्यक्षका उम्मेदवार तमाङले विगतको नेतृत्वले एक्लौटी शासन गरेर जनभावना अनुसार काम नगरेको र जनताको हित हुने खालको कुनै योजना नल्याएका कारण जनताले त्यसको विकल्पका रुपमा गठबन्धनलाई देखेको धारणा राख्नुभयो ।

सत्ता गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार श्याम सुन्दर तमाङले सिंगो गाउँपालिका गठबन्धनको पक्षमा रहेकाले स्थानीय तह निर्वाचनमा आफुहरुको जित हुने दावी गर्नुभएको छ । प्रभावशाली नेताको गृह गाउँपालिका भएका कारण सबै दल आ–आफ्नो अस्तित्व जोगाउन पालिकामा जित हासिल गर्ने रणनीतिमा लाग्नु स्वभाविक भएको भन्दै उहाँले यो पटक गौरीशंकरलाई नमुना पालिका बनाउने जिम्मेवारी गठबन्धनको काँधमा आएको उल्लेख गर्नुभयो ।

प्रभावशाली नेताको गृह गाउँपालिका भएका कारण सबै दल आ–आफ्नो अस्तित्व जोगाउन पालिकामा जित हासिल गर्ने रणनीतिमा लाग्नु स्वभाविक भएको भन्दै उहाँले यो पटक गौरीशंकरलाई नमुना पालिका बनाउने जिम्मेवारी गठबन्धनको काँधमा आएको उल्लेख गर्नुभयो । उपाध्यक्षका उम्मेदवार तमाङले अघिल्लो स्थानीय तहको निर्वाचनमा अप्रिय घटना भएपनि यो पटक त्यस्ता घटना दोहोरिन नदिन गठबन्धन दल सचेत रहेको बताउनुभयो । उहाँले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन गठबन्धन दल भित्र छलफल भइरहेको र सबै दलका नेता कार्यकर्ताहरु यसमा लागि परेको विश्वास व्यक्त गर्नुभयो ।

गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार तमाङले आफु निर्वाचित भएमा जनचाहना अनुसार पालिकाको विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो पालिका विद्युत् जोनको रुपमा रहेकाले त्यसको संरक्षण गर्ने, जडिबुटीको प्रवद्र्धन, सडक, प्राविधिक विद्यालय व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।