images
images

तामाकोशीमा अध्यक्ष पदका लागि अधिवक्ता चुनावी मैदानमा, भन्छन्ः ‘गठबन्धनले चुनाव जित्छ’

  • १८ बैशाख २०७९, आईतवार १७:३३

दोलखा । नेकपा एकीकृत समाजवादीका नेता प्रोणप्रताप केसी सत्ता गठबन्धनको तर्फबाट तामाकोशी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएका छन् ।

तिन दशक लामो कम्युनिष्ट राजनितिमा सक्रिय एकीकृत समाजवादीका जिल्ला सचिब समेत रहेका नेता केसीले हाल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिँदै चुनावी मैदानमा होमिएका हुन् । २०४३ सालमा राजनितिमा प्रवेश गरेका दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेका केसीले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । केसीलाई सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसको समर्थन रहेको छ । उनले २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा जनपक्षका उम्मेदवार जितविर लामालाई समर्थन गर्दै कम्युनिष्ट आन्दोलनबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए । सत्ता गठबन्धनको तर्फबाट तामाकोशीका उम्मेदवार केसी २०४५ सालमा नेकपा एमाले विद्यार्थी संगठनको जिल्ला अध्यक्ष एवम् पार्टीको जिल्ला कमिटी सदस्य बनेका थिए । नेकपा एमालेको पार्टी सदस्य भैसकेका केसी त्यसको केही समयपछि उनी राजनितिलाई छाडेर नेपाली सेनामा भर्ती भए ।

नेकपा एकीकृत समाजवादीका नेता प्रोणप्रताप केसी सत्ता गठबन्धनको तर्फबाट तामाकोशी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएका छन् । तिन दशक लामो कम्युनिष्ट राजनितिमा सक्रिय एकीकृत समाजवादीका जिल्ला सचिब समेत रहेका नेता केसीले हाल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिँदै चुनावी मैदानमा होमिएका हुन् । विगतमा नेकपा एमाले सत्तामा रहँदा जनचाहना बमोजिम काम नभएकाले गठबन्धनको आवश्यकता महसुश गरिएको भन्दै केसीले यो पटक जनताले गठबन्धनलाई अत्याधिक बहुमतले बिजयी गराउने बताउनुभयो ।

नेपाली सेनामा ४ वर्ष सेवा गरेपछि उनले २०५२ सालमा जनताको सेवाका लागि भन्दै जागिरलाई छाडेर पुनः राजनितिलाई अंगालेका हुन् । उनले २०५४ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ दोलखाको सदस्य हुँदै अध्यक्षमा अत्याधिक मत ल्याएका केसी नेकपा एमालेको तत्कालीन जिल्ला उपसचिव हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै केसी प्रतिगमनको विरुद्धमा उत्रिएका थिए । अदालतको आदेशबाट नेकपा बिभाजन भएर एमाले र माओवादी छुट्टाछुट्टै पार्टी बनेपछि एमाले विघटन गरेर नयाँ पार्टी एकीकृत समाजवादी बनेको थियो । हाल केसीले एकीकृत समाजवादीका जिल्ला सचिव भएर भुमिका निर्वाह गरिरहेका छन् । पेसाले कानुन व्यवसायी केसी पार्टीभित्र इमान्दार कार्यकर्ताको रुपमा चिनिन्छन् । केसीले कानुन विषयमा स्नातक गरेका छन् भने राजनितिक शास्त्र स्नातकोत्तर तह उत्र्तिण गरेका छन् । केसी मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पनि उत्तिकै सक्रिय मानिन्छन् ।

बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनमा भागबन्डा गर्दा दोलखाको तामाकोशी गाउँपालिका एकीकृत समाजवादीको भागमा परेको थियो । एकीकृत समाजवादीले पालिका अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेपछि केसी चुनावी मैदानमा होमिएका छन् । विगतमा नेकपा एमाले सत्तामा रहँदा जनचाहना बमोजिम काम नभएकाले गठबन्धनको आवश्यकता महसुश गरिएको भन्दै केसीले यो पटक जनताले गठबन्धनलाई अत्याधिक बहुमतले बिजयी गराउने बताउनुभयो । उहाँले तीन दशक लामो कम्युनिष्ट आन्दोलनमा रहेर राजनीतिक जिवनमा असल कार्यकर्ताको रुपमा परिचित रही जनताको चित्त दुखाउने तथा असहयोग गर्ने काम नगरेका कारण यो पटक आफुलाई जिताउने दावी गर्नुभयो । अध्यक्षका उम्मेदवार केसीले स्रोत साधनको अवस्थालाई मध्यनजर गरी सबै जनताको सहभागीतामा पालिकाको सकारात्मक विकास गर्न आफुसँग योजना रहेको बताउनुभयो ।