images
images

बैतेश्वरमा एमाले उम्मेदवार नबिनालाई अन्याय, अन्तत पुरुष उम्मेदवार बने आधिकारिक

  • १८ बैशाख २०७९, आईतवार २०:०१

दोलखा । उम्मेदवारको विषयलाई लिएर दोलखाको वैतेश्वर गाउँपालिकामा नेकपा एमालेभित्रै तिव्र असन्तुष्टि देखिएको छ ।

पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका उपाध्यक्षका उम्मेदवारलाई पछि हटाएर कांग्रेसबाट प्रवेश गरेका स्वतन्त्र उम्मेदवारलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेपछि एमालेका नेता तथा कार्यकर्तामा असन्तुष्टि बढेको हो । एमालेले वैतेश्वरको उपाध्यक्षमा महिला उम्मेदवारलाई हटाएर कांग्रेसबाट मनोनयन दर्ता गरेको भोलिपल्ट एमालेमा प्रवेश गरेका उम्मेदवारलाई आधिकारिक उम्मेदवार बनाएको छ । पार्टीको तर्फबाट वैतेश्वरको उपाध्यक्षमा आधिकारिक रुपमा मनोनयन दर्ता गराएकी नविना लामा गोलेको उम्मेदवारी फिर्ता लिन लगाएर एमालेले कांग्रेसबाट आएका छविलाल तमाङलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

गोलेले उपाध्यक्षमा उम्मेदवारी दिएपनि अन्तिम समयमा आएपछि उनको उम्मेदवारी फिर्ता गर्न लगाएर तमाङलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ । नेपाली कांग्रेस दोलखाको पुर्व उपसभापति समेत रहेका तमाङ वैशाख १६ गते एमाले प्रवेश गरेपछि उनलाई स्थान दिनुपर्ने भन्दै एमालेले तमाङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । यसै विषयलाई लिएर यतिवेला बैतेश्वरमा एमालेका नेता तथा कार्यकर्तामा असन्तुष्टि चुलिएको छ । आधिकारिक उम्मेदवारलाई पन्छाएर कांग्रेसबाट भर्खरै आएका नेतालाई उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाएको भन्दै एमालेका नेता तथा कार्यकर्ता एमालेदेखि नै रुष्ट भएका हुन् । यसलाई हेर्दा नेकपा एमाले महिलालाई नेतृत्व दिन अनुदार देखिएको पुष्टि भएको छ ।

उम्मेदवारको विषयलाई लिएर दोलखाको वैतेश्वर गाउँपालिकामा नेकपा एमालेभित्रै तिव्र असन्तुष्टि देखिएको छ । पार्टीको तर्फबाट मनोनयन दर्ता गराएका उपाध्यक्षका उम्मेदवारलाई पछि हटाएर कांग्रेसबाट प्रवेश गरेका स्वतन्त्र उम्मेदवारलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेपछि एमालेका नेता तथा कार्यकर्तामा असन्तुष्टि बढेको हो ।महिलाले पाउने पद पुरुषलाई दिँदा महिलाको अधिकार हनन भएको भन्दै वैतेश्वरमा एमालेका कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् । एमालेले लामालाई ललिपप मात्रै देखाएको भन्दै एमालेभित्रै तिब्र असन्तु्ष्टि देखिएको हो ।

स्थानीय तहमा महिलाको उपस्थिति न्युन रहेका बेला वैतेश्वरमा एमालेले अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएपनि अन्तिम समयमा आएर फिर्ता गर्न लगाएको हो । एमालेले चुनावी दाउपेच गरेर स्वतन्त्र उम्मेदवारी दिएका तमाङलाई पार्टी प्रवेश गराएर वैतेश्वर गाउँपालिकाबाट आफ्नो पार्टीको उपाध्यक्षको उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । स्थानीय तह निर्वाचनमा वैतेश्वर गाउँपालिकामा सत्तारुढ दलको गठबन्धन तोड्न मुख्य भुमिका खेलेका तामाङ दुई दिन अघि कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका थिए । कांग्रेसमा एक्लिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनलाई अन्ततः एमालेले पार्टीमा स्वागत गरेर पार्टीबाट उपाध्यक्षको उम्मेदवारका रुपमा उठाएको छ ।

वैतेश्वरमा पार्टीबाट उपाध्यक्षमा उम्मेदवार बनेकी गोले नेकपा एमालेको चुनावी दाउपेचको सिकार बनि अन्तिम समयमा ब्याक हुनु परेको हो । उनी वैतेश्वर गाउँपालिकामा एमालेबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएर तिव्र रुपमा प्रचारप्रसारमा लागी परेकी थिइन् ।महिलाले पाउने पद पुरुषलाई दिँदा महिलाको अधिकार हनन भएको भन्दै वैतेश्वरमा एमालेका कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् । एमालेले लामालाई ललिपप मात्रै देखाएको भन्दै एमालेभित्रै तिब्र असन्तु्ष्टि देखिएको हो । स्थानीय तहको निर्वाचन हुन १२ दिन मात्रै बाँकी रहँदा वैतेश्वरमा एमालेका नेता तथा कार्यकर्ताले आफ्नै पार्टीभित्र असन्तुष्टि जनाएका छन् ।