images
images

तातोपानी नाका आजबाट दुईतर्फी रुपमा सञ्चालनमा

  • १८ बैशाख २०८०, सोमबार १५:१३

सिन्धुपाल्चोक । तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

२०७२ को बिनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भैरहेको चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधब सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो पुन सुरु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिनुभयो । भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामाग्री निर्यात हुने गरेका थिए ।