images
images

माओवादी अब फेरि सडकबाट गर्जिन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

  • १८ बैशाख २०८०, सोमबार १६:३८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले जनताको संघर्षबाट प्राप्त उपलब्धी उल्ट्याउने कोसिस भइरहेको दावि गर्दै उपलब्धी रक्षाका लागि सबै क्रान्तिकारीहरु सशक्त आन्दोलित हुनुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल टे«ड युनियन महासंघको महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले आफुहरु नजाग्दा स्यालहरु गर्जिरहेको टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले अहिले सरकारले गरिरहेका सकारात्मक काम र पहलकदमीप्रति प्रहार भइरहेकाले अब सडकबाट गर्जिन आवश्यक रहेको बताउनुभयो । अदालतको आदेश कार्यान्वयन गर्दा स्याल हुइया मच्याएर परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरुविरुद्ध षड्यन्त्र भइरहेको उहाँले बताउनुभयो । मुलुकका लागि त्याग र बलिदान गर्नेहरुको सम्मान गर्नबाट पछि नहट्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अब माओवादी नगर्जिने हो भने नकारात्मक वातावरण बनाएर सम्पुर्ण सहिदका त्याग र बलिदानलाई उल्ट्याउने षड्यन्त्र हुनसक्ने बताउनुभयो । केही जटिलताका बीचबाट सरकार अघि बडिरहेको भन्दै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रित गरेर काम गर्ने घोषणा गर्नुभएको छ ।