images
images

ललितपुरमा बनमा डढेलो निभाउने क्रममा जलेर दुई पुरुषको मृत्यु

  • १९ बैशाख २०८१, बुधबार ०९:१९

ललितपुर । ललितपुरको गोदावरीस्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका थप एक जना पुरुषको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका स्थानीय ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको हो । हिजो डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताउनुभयो । यसअघि सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको हिजो मृत्यु भएको थियो ।

ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले जानकारी दिनुभयो ।