images
images

नेकपा एमाले जिरी नगरकमिटीमा नयाँ नेतृत्व, अध्यक्षमा टपिन्द्र खड्का

जिरी(दोलखा) । नेकपा एमाले जिरी नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

नयाँ नेतृत्व चयन गर्दै नेकपा एमाले जिरी नगरकमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले टपिन्द्र खड्काको नेतृत्वमा ४५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा नुर्बु शेर्पा, सचिवमा लुकछिरि शेर्पा, उपसचिवमा सागर सुनुवार र रस्मिला राई जिरेल चयन भएका छन् । उनीहरु तीन वर्षको लागि निर्वाचित भएका हुन् ।

निवर्तमान अध्यक्ष केशव कुमार कार्कीको अध्यक्षतामा भएको अधिवेशन नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश कमिटी इन्चार्ज गुरु बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।