images
images

वैदेशिक रोजगारीको प्रलोभनमा ३ करोड ठगी, काभ्रेका ४ सहित ७ जना परे प्रहरीको फन्दामा

  • १८ बैशाख २०८३, शुक्रबार ०९:०७

भक्तपुर । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेका चारसहित सहित सात जना पक्राउ परेका छन् ।

प्रहरीले काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री, तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेपालाई पक्राउ गरेको हो । उनीहरूलाई जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट ३ करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त लिम्बू र मगरले जापानको प्रलोभनमा पारेर ११ जनाबाट रु एक करोड दुई लाख, थापाले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट १ करोड ५० लाख, शेर्पाले फ्रान्सको प्रलोभनमा पारेर पाँच जनाबाट रु २८ लाख र गौतमले एक जनाबाट रु २७ लाख असुलेका जनाइएको छ ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।