images
images

सुकुमवासी बस्ती भत्काउँदै, गुम्बा र मन्दिरमा समेत चल्यो डोजर

भक्तपुर । सुकुमबासी बस्ती भत्काउने कार्यलाई तीब्रता दिएको सरकारले गुम्बा र मन्दिरमा समेत डोजर चलाइको छ ।

काठमाडौँको बल्खु क्षेत्रका सुकुमवासी बस्ती बिहानैदेखि भत्काउने कार्यलाई जारी राखेको सरकाले गुम्बा र मन्दिरमा पनि डोजर चलाएको छ ।

बुद्ध जयन्तीकै दिन काठमाडौँको बल्खुस्थित साङ्गे छोईलिङ्ग गुम्बा र सोही सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरा देबीको मन्दिर डोजर लगाएर भत्काईएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा र मन्दिर दुवै भत्काईएको हो । २०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोईलिङ्ग गुम्बा आज वैशाख शुक्ल पूर्णिमाका दिन भत्काईएको हो ।

काठमाडौँ महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्वपूर्ण सामाग्री बाहिर निकालिएको थियो ।

बागमती खोला किनारा अतिक्रमण गरी सुकुमवासीको घरटहरा भत्काउने क्रममा सो क्षेत्रमा रहेको पाथीभरादेवी मन्दिर माकुम्लुङ्ग -महाकाली) मगक्लुङ-जगतजननी) समेत भत्काईएको छ ।

स्थानीयले मन्दिर नभत्काउन आग्रह गरेपनि प्रहरीले डोजर लगाएर भत्काईदिएको स्थानीयले गुनासो गरेका छन् ।