images
images

सरकारले घर भत्काएपछि बल्खुका एक सुकुम्वासी मृत फेला

भक्तपुर । काठमाडौंको बल्खुमा रहेको घर सरकारले भत्काएपछि एक सुकुमवासी मृत फेला परेका छन् ।

बल्खुमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएका इन्द्रवहादुर राई बल्खु खोला किनारमा मृत फेला परेका हुन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई बल्खुमा खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा मृत फेला परेका हुन् ।

उनकी श्रीमती सरिताका अनुसार घर भत्किएपछि बर्बराउँदै हिडेका इन्द्रवहादुर लामो समयसम्म सम्पर्कविहिन थिए । पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो ।

बागमतीले बगाएर ल्याएको प्रहरीको भनाई

यसैवीच, प्रहरीले राईको शव बागमती नदीले बगाएर ल्याएको बताएको छ । एसपी पवन भट्टराईले उनको शव नदीले बगाएर ल्याएको अवस्थामा फेला परेको बताएका छन् ।

प्रहरीले घटनास्थलको मुचुल्का गरेको छ भने मृत्युको कारण नखुलेको बताएको छ ।