भक्तपुर । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले रोमाञ्चक जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा नेपालले यूएईलाई ६ रनले हराएको हो। वर्षाले प्रभावित बनेको खेलमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो। यूएईले ३८ ओभरमा ८ विकेट गुमाएर १४८ रनमात्रै बनायो।
मुहम्मद शहदादले ६५, खुजैमा तनवीरले ४९, आर्यान्स शर्माले ३३ तथा अक्षदीप नाथले अविजित ३६ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए।
त्यसअघि कीर्तिपुस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट हुन पुगे।










