हेटौंडा । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
प्रदेश सरकारले जेठ १६ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । अहिले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम माथि छलफल भइरहेको छ । सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि धारणा राख्नेक्रम जारी छ ।










