काठमाण्डौं । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई एक लाख रुपैयाँ जरिवाना गर्ने भएको छ ।
भूमि व्यवस्था मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिनुभएको हो । काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने र सो बापत एक लाख रुपैयाँसम्म जरिवाना हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।
साथै, खेतीयोग्य जमिनलाई घडेरीको रुपमा विकास गर्न नपाइने सम्बन्धी व्यवस्था पनि नियमावलीमा उल्लेख गरिएको छ ।