images
images

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता

  • १८ जेष्ठ २०८०, बिहीबार १२:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ । ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ ।

त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना समेत गर्नुभएको छ ।