images
images

दोलखामा चोरी र तोडफोडका घटनाः सर्वसाधारणमा त्रास, प्रहरीको देखिएन सक्रियता

दोलखा । दोलखामा केहीदिन यता चोरीका घट्ना बढ्न थालेपछि स्थानीयमा त्रास छाएको छ ।

गौरीशंकर र वैतेश्वर गाउँपालिकामा दुई दिनमै एक दर्जन स्थानमा चोरीका घटना भएपछि जिल्लाबासीमा त्रास बढेको हो । आईतबार राति गौरीशंकर गाउँपालिका वडा नम्बर १ को वडा कार्यलय सहित ९ स्थानमा तोडफोड र चोरीका घटना भएको थियो भने सोमबार राति वैतेश्वर गाउँपालिका ८ क्षेत्रपाको वडा कार्यालय र स्थानीय दुई जनाको घरमा तोडफोड र चोरी भएको थियो । सोही दिन वैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्वु स्थित छापगाउँमा पनि दुई वटा घरमा तोडफोड र चोरी भएको छ ।

यसरी एकपछि अर्को चोरीका घटना हुन थालेपछि जिल्लाबासीले असुरक्षितको महसुस गर्न थालेका छन् । जिल्लाका दर्जन बढी स्थानमा चोरीका घटना भएपनि दोलखा प्रहरीको सक्रियता कमजोर देखिएको छ । प्रहरीले तोडफोड र चोरीमा संलग्न भएका कसैलाई पनि पक्राउ गर्न सकेको छैन । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले चोरीमा संलग्न भएकाहरुको खोजिका लागि अभियान चलाए पनि पक्राउ गर्न नसकिएको जवाफ दिएका छन् । तोडफोड र चोरीमा संलग्न गिरोहको पहिचान हुन नसक्दा स्थानयि प्रहरी प्रशासनमाथि नै प्रश्न उठ्न थालेको छ । चोरीको आतंकले त्रसित जिल्लाबासीले प्रहरी प्रशासनसँग समेत भरोसा गर्न छाडेका छन् ।

दोलखामा केहीदिन यता चोरीका घट्ना बढ्न थालेपछि स्थानीयमा त्रास छाएको छ । गौरीशंकर र वैतेश्वर गाउँपालिकामा दुई दिनमै एक दर्जन स्थानमा चोरीका घटना भएपछि जिल्लाबासीमा त्रास बढेको हो । यसरी एकपछि अर्को चोरीका घटना हुन थालेपछि जिल्लाबासीले असुरक्षितको महसुस गर्न थालेका छन् । जिल्लाका दर्जन बढी स्थानमा चोरीका घटना भएपनि दोलखा प्रहरीको सक्रियता कमजोर देखिएको छ । प्रहरीले तोडफोड र चोरीमा संलग्न भएका कसैलाई पनि पक्राउ गर्न सकेको छैन । 

वैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाका स्थानीय प्रेमकुमार खड्काले लगातार चोरीका घटना हुँदा प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसक्नु दुखद भएको बताउनुभयो । प्रहरीको निश्क्रियताले शान्तिसुरक्षा पाउन मुस्किल भएको महसुस गरिएको उहाँको भनाई छ । चोरीको आतंक बढ्न थालेपछि वैतेश्वर गाउँपालिका ८ क्षेत्रपाले सार्वजनिक सूचना जारी गर्दै राति ९ बजेपछि भेला भएर होहल्ला गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ । वडा कार्यालय सहित स्थानीय दुई जनाको घरमा चोरी र तोडफोड भएपछि वडाअध्यक्ष शान्तबहादुर जिरेलले सार्वजनिक सुचना जारी गर्दै राति ९ बजेपछि वडा कार्यालय वरीपरि, स्वास्थ्य चौकी, सार्वजनिक स्थल तथा पसलहरुमा भेला भएर होहल्ला नगर्न आग्रह गर्नुभएको हो ।

तोडफोड र चोरीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न नसक्दा यस्ता घटनाहरु शहर हुँदै गाउँसम्म बढ्न थालेपछि वडा कार्यालयले सूचना जारी गरेको हो । दोलखामा चोरीका घटना बढ्न थालेपछि प्रहरील विशेष टोली परिचालन गरेको छ ।