images
images

भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल

  • १८ जेष्ठ २०८०, बिहीबार १३:५६

विराटनगर । भारतको बथनाहाबाट हिँडेको कार्गो रेल विराटनगर आइपुगेको छ ।

आज दिउँसो कार्गो रेल विराटनगर आइपुगेको हो । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल आज विराटनगरको कस्टम यार्डमा आइपुगेको छ ।आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका थिए । कार्गो रेल नेपाल आउने भएपछि विराटनगरको कस्टम यार्ड सिंगारिएको थियो । रेल हेर्ने स्थानीयको भिड लागेको छ भने उद्योगी व्यवसायीले रेललाई स्वागत गरेका छन् ।

रेलको लिक परिक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन अझै हुन सकेको छैन । बथनाहा रेल वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ साल कात्तिकमा रेल वे लिक परिक्षण गरिएको थियो ।