images
images

भारतसँग २५ वर्षका लागि विद्युत व्यापारको प्रारम्भिक सम्झौता

  • १८ जेष्ठ २०८०, बिहीबार १६:०१

 

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए) का लागि प्रारम्भिक सम्झौता भएको हो । नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी आलोक कुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापारबारे अन्तरसरकारी सम्झौता गर्न प्रस्ताव गरेको थियो ।

त्यसअनुसार भारतले २५ वर्षका लागि दीर्घकालीन विद्युत व्यापार गर्न सम्झौता गर्ने सहमति जनाएको भारत भ्रमणमा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।भारतले १० वर्षभित्रै नेपालको १० हजार मेगावाटसम्म बिजुली किन्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच ‘लंगटर्म पावर ट्रेड एग्रिमेन्ट’ भएको बताएका छन् ।