images
images

भारतसमक्ष माथिल्लो तामाकोसीको बिजुली बेच्न पाउनुपर्ने नेपालको माग

  • १८ जेष्ठ २०८०, बिहीबार १६:२१

काठमाडौँ । नेपालले भारतसमक्ष दोलखास्थित माथिल्लो तामाकोसीको बिजुली बेच्न पाउनुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला नेपालले माथिल्लो तामाकोशीको बिजुली बेच्न पाउनुपर्ने माग गरेको हो । राष्ट्रिय गौरवको आयोजनाहरुको सूचीमा रहेर सम्पन्न भइसकेको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको बिजुली बेच्न नेपाल विद्युत प्राधिकरणले पटक–पटक अनुमति माग गरिरहेको छ । तर, भारतीय पक्षले माथिल्लो तामाकोसीमा चिनियाँ ठेकेदार संलग्न रहेको कारण बिजुली बिक्रीको अनुमति दिएको छैन । नेपाली पक्षले भारतमा माथिल्लो तामाकोसीको बिजुली बेच्न नपाएको विषय उठाउँदै अनुमति नपाउनुको कारण खोज्ने प्रयास गरेको हो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न जलविद्युत आयोजना निर्माण र नेपालको बिजुली बेच्ने विषयमा सम्झौता भएको छ । सोही क्रममा नेपाली पक्षले भारतसमक्ष माथिल्लो तामाकोसीको बिजुली बेच्न पाउनुपर्ने विषय उठाएको हो ।