images
images

काभ्रेपलाञ्चोकमा गोरेटो बाटोमा लडेर एक पुरुषको मृत्यु

  • १९ जेष्ठ २०८१, शनिबार ०८:५०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गोरेटो बाटोमा लडेर एक पुरुषको मृत्यु भएको छ ।

बनेपा नगरपालिका–१२ का ४८ वर्षीय राधेश्याम कार्कीको लडेर मृत्यु भएको हो । उनी आफ्नै बारीमा काम गरी घर फर्कने क्रममा गोरेटो बाटोबाट लडेको अवस्थामा फेला परेका थिए । लडेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि शिरमेमोरियल अस्पताल लगेकोमा चिकित्सकहरुले मृत्त घोषणा गरेका हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।