काठमाडौँ । पत्रकारका ६ संगठनले पत्रकार महासंघको निर्वाचन तोकिएकै मीतिमा गर्न र सदस्यको अन्तिम नामावली प्रकाशन गर्न माग गरेका छन् ।
प्रेस चौतारी, प्रेस सेन्टर लगाएत ६ संगठनले आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै पत्रकारको आधिकारीक सूची सार्वजनिक, महासंघको निर्वाचन लगाएतका विषयमा पत्रकार महासंघको ध्यानाकर्षण गराएका हुन् । महासंघले २७ औँ केन्द्रीय महाधिवेशनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलव्ध गराउनुपर्नेमा हालसम्म पनि आधिकारीक सूची सार्वजानिक नभएको भन्दै संयुक्त प्रेस वक्तव्य मार्फत आपत्ति जनाईएको छ । महासंघको केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोसिएटको नयाँ नेतृत्व चयनका लागि जेठ २६ गते निर्वाचन गर्ने घोषणा गरिएपनि अझै सदस्यता विवाद टुंगो लागेको छैन ।
महासंघ सदस्यता टुंगो नलगाई निर्वाचनबाट भाग्न खोजेको भन्दै ६ संगठनले प्रेस वक्तव्य नै जारी गरेर महासंघको ध्यानाकर्षण गराएका छन् । संयुक्त वक्तव्य मार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका लागि तत्काल आवश्यक वतावरण बनाउन माग गरिएको छ ।
पत्रकार महासंघको सदस्यता सुद्धिकरणका लागि गठन भएको कार्यदलले प्रतिवेदन बुझाएपनि पत्रकार महासंघको वर्तमान नेतृत्वले कार्यान्वयन गर्न आनाकानी गरेको छ । महासंघ सदस्यता टुंगो नलगाई निर्वाचनबाट भाग्न खोजेको भन्दै ६ संगठनले प्रेस वक्तव्य नै जारी गरेर महासंघको ध्यानाकर्षण गराएका छन् । प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि ६ संगठनले संयुक्त प्रेस वक्तव्य जारी गरेका हुन् । सदस्यहरुको अद्यावधिक नामावली सूची नबुझाईएका कारण हालसम्म निर्वाचन कार्यतालिका प्रकाशित हुन नसकेको भन्दै संयुक्त वक्तव्य मार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका लागि तत्काल आवश्यक वतावरण बनाउन माग गरिएको छ ।
६ संगठनले महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजानिक गर्न र नामावलीमा छुट भएका क्रियाशिल पत्रकारहरुको नामावली समावेश गरि निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन माग गरेका छन् ।











