images
images

दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

  • १७ असार २०७९, शुक्रबार ०८:०५

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् ।

दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन । पक्राउ परेका नेपालीहरुको नाम र ठेगाना खुलाइएको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछापालन मौसमी कामको रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेका बेला पक्राउ परेका छन् ।

अन्य ९ जना बसाई अवधि सकिएपछि पनि दक्षिण कोरिया नछोडेका कारण पक्राउ गरिएको हो ।