काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले ६० किलो सुन तस्करीमा माओवादी नेता तथा पुर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको निश्कर्ष निकालेको छ ।
सिआईबीले ६० किलो सुन तस्करी प्रकरणमा नेता महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको संलग्नता नभेटिएको भन्दै प्रतिवादी बनाउनु नपर्ने निश्कर्ष निकालेको हो । ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सिआईबीका प्रमुख, एआईजी श्यामलाल ज्ञवालीले सो प्रकरणमा महरा र पुनको संलग्नता नरहेको जानकारी दिनुभयो । ६० किलो सुन तस्करीको अनुसन्धानमा उनीहरुको संलग्नता नभेटिएको भन्दै उहाँले भेप प्रकरणको अनुसन्धान भने अझै जारी रहेको बताउनुभयो ।
२०८० साउन २ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म २० जना पक्राउ परेका छन । घटनामा संलग्न नेपाली, भारतीय र चिनिया गरि २६ जना अझै फरार रहेको सिआईबीले जनाएको छ ।










