images
images

मन्त्रीपरिषद् वैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: ‘सरकार तलमाथि हुँदैन’

  • १८ असार २०८१, सोमबार १८:५७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा फेरबदलबारे बाहिर आएका चर्चा सत्य नभएको दावि गर्नुभएको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार केही नहुने ब्रिफिङ गर्नुभएको हो । एमाले अध्यक्ष ओलीसँग यही सत्ता समीकरण लामो समय जानेगरि छलफल भएको भन्दै उहाँले सरकार परिवर्तनको विषयमा केही छलफल नभएको दावि गर्नुभयो । मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्रीले बाहिर आएको कुरा र यथार्थ कुरा के हो भन्ने विषयमा ब्रिफिङ गरेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यही गठबन्धन लामो समय जाने भन्दै सरकार तलमाथि हुने भ्रम सिर्जना भएको बताउनुभयो ।