images
images

वृद्धको हत्या गर्ने भीमेश्वर नगरपालिकाका पुरुष पुर्पक्षका लागि थुनामा

  • १८ असार २०८१, सोमबार १९:३८

दोलखा । बृद्ध हत्या आरोपमा पक्राउ परेका दोलखाको भीमेश्वर नगरपालिकाका एक पुरुष पुर्पक्षका लागि थुनामा गएका छन् ।

भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीका ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्माको हत्या आरोपमा पक्राउ परेका सोही स्थानका ५२ बर्षिय गणेश घिमिरे पुर्पक्षका लागि थुनामा गएका हुन् । बिहिवार भएको थुनछेकको वहसमा जिल्ला न्यायधिश माधवप्रसाद सुवेदीको ईजलाशले घिमिरेलाई थुनामा पठाउन आदेश दिएको हो । घिमिरेमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान पुरा यही असार १३ गते बिहिवार थुनछेकको वहसका लागि अदालत पेश गरेको थियो । पुर्पक्षका लागि थुनामा गएका घिमिरेलाई अपराध संहिताको दफा १७७ को उपदफा १ को कसुरमा उपदफा २ बमोजिम जन्मकैदको सजाय माग गरिएको जिल्ला अदालत दोलखाका श्रेष्तेदार अञ्जन भट्टराईले जानकारी दिनुभयो ।

ती बृद्धको जेठ १९ गते घर नजिकैको मकैवारीमा ढुँगाले थिचिएको र सडेगलेको अवस्थामा शव फेला परेको थियो । आर्थिक लेनदेनका कारण जेठ १७ गते बृद्धको हत्या गरी फरार रहेका घिमिरे जेठ २३ गते काठमाडौँबाट पक्राउ परेकोमा दोलखा प्रहरीले २४ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । घिमिरेले एक बर्ष अघि ती बृद्धवाट ऋण स्वरुप २ लाख रुपैयाँ लिएको र उक्त ऋणवाट मुक्त हुने नियतले बृद्धको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुषन्धानवाट खुलेको थियो ।