बागमती प्रदेश सरकारको प्रदेशसभाले हालसम्म ७० वटा विद्येयक पारित गरेको छ ।
प्रदेशसभा स्थापना भएको साढे ४ वर्षमा बागमती प्रदेसभाले ५५ वटा मुल विद्येयक र १५ वटा संसोधन विद्येयक पारित भएको हो । तर, बागमती प्रदेश सरकारले पछिल्लो २ वर्षयता कानुन निर्माण गर्न सकिरहेको छैन । देश संघीयतामा गएपछि पहिलो पटक प्रदेश स्थापना भएपछि बागमती प्रदेश सरकारले फाष्ट ट्रयाकबाट दुई वर्षभित्रमा सरकार सञ्चालनको लागि आवश्यक पर्ने ९९ वटा कानुन निर्माण गरिसक्ने लक्ष्य राखेको थियो । तर, सरकार स्थापना भएको साढे ४ वर्ष बितिसक्दा पनि घोषणा गरिएको अनुपातमा कानुन निर्माण भएको छैन ।
प्रदेश सरकारले एकै पटक एउटा संशोधन विधेयकबाट दर्जनभन्दा बढी ऐन संशोधन गर्दै आएको छ । गत फागुन १६ गते बसेको प्रदेशसभा बैठकमा मात्रै सरकारले एकैपटक करिब एक दर्जन ऐन संशोधनको लागि प्रदेशसभामा दर्ता गराएको थियो ।










