images
images

नेपालमा आज एकै दिन ८९५ जना कोरोना संक्रमण

  • १६ श्रावण २०७९, सोमबार १६:०४

काठमाण्ठौ । नेपालमा आज एकै दिन ८ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा ५ हजार ९ सय ९ नमुना परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३ सय ७३, ललितपुरमा ६६ र भक्तपुरमा १७ जना गरी उपत्यकामा मात्रै ४ सय ५६ जना संक्रमित भेटिएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ । तीमध्ये होम आइसोलेसनमा ४ हजार ७ सय ९२ जना र संस्थागत आइसोलेसनमा १ सय ४२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३६ जना र भेन्टीलेरमा ५ जना उपचाररत रहेका छन् ।

सोही अवधीमा थप २ सय ६४ जना निको भई डिस्चार्ज भएका छन् । आज पनि थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।